काठमाडौं । लुम्बिनी विकास बैंकले देशका बिभिन्न ठाउँमा बैंकिङ सेवा पु¥याउने उद्देश्यले मंसिर २६ गतेदेखि थप दुईवटा शाखा कार्यालय तथा एउटा एक्सटेन्सन् काउण्टरको उद्घाटन गरेको छ । नयाँ खोलिएका शाखामा ८७औँ शाखाको रुपमा ललितपुर जिल्ला, महालक्ष्मी नगरपालिका वडा नं. १ स्थित इमाडोल शाखा, ८८औँ शाखाको रुपमा भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं. १० स्थित कमलबिनायक शाखा र एक्सटेन्सन् काउण्टरको रुपमा ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नं. ५ स्थित लेले एक्सटेन्सन काउण्टर रहेको छ ।

बैंकको इमाडोल शाखाको उद्घाटन विकास बैंकका सञ्चालक समितिका अध्यक्ष प्रविणकृष्ण श्रेष्ठ र महालक्ष्मी नगरपालिकाका नगरप्रमुख हरिगोबिन्द श्रेष्ठले कमलबिनायक शाखाको उद्घाटन बैंकका सञ्चालक चिन्तामणि भट्टराई र भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिले संयुक्तरुपमा गरेका थिए ।
त्यसैगरी लेले एक्सटेन्सन काउण्टरको उद्घाटन विकास बैंकका सञ्चालक प्रतापकुमार आचार्य र गोदावरी नगरपालिका वडा नं. ५ वडाध्यक्ष मिलन सिलवालले संयुक्तरुपमा गरेका छन् । देशका सातवटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंकको थप दुई नयाँ शाखा तथा पहिलो एक्सटेन्सन काउण्टरको उद्घाटन भएसँगै बैंकको बिभिन्न स्थानमा गरी जम्मा ८८ वटा शाखा कार्यालय र एक एक्सटेन्सन काउण्टर स्थापना भएको छ ।
लुम्बिनी विकास बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिसहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । ग्राहकलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा मासिकरुपमा ब्याज प्रदान गर्ने र मल्टिपल धमाका खातामा आफ्नो लगानीलाई दुई गुणादेखि दश गुणासम्म गर्न मिल्ने विशेष योजनासमेत कार्यान्वयनमा ल्याएको छ ।












