Logo
Logo

धनुषा-४ मा पुन: मतगणना माग गर्दै महेन्द्रले दिए सर्वोच्चमा रिट


2.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता महेन्द्र यादवले धनुषा-४ मा पुन: मतगणनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका छन् । सो क्षेत्रबाट महेन्द्रलाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ निर्वाचित भएका छन् ।

महेन्द्रले निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाममा असहमति जनाउँदै बुधबार सर्वोच्च अदालतमा रिट दिएका हुन् । उनले दोहोर्‍याएर मत गन्न माग गरेका हुन् ।

रिटमा निर्वाचन आयोग , मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषा , जिल्ला निर्वाचन कार्यालय धनुषा , प्रमुख जिल्ला अधिकारी र एमाले उम्मेदवार महासेठलाई विपक्षी बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्