Logo
Logo

ग्लोबल आइएमई र बिओकेद्वारा मर्जरसम्बन्धी अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंकसमक्ष संयुक्त निवेदन


252
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले मर्जरसम्बन्धी अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष बुधबार संयुक्त निवेदन पेश गरेका छन् ।

ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डू लिमिटेडका अध्यक्ष प्रकाश श्रेष्ठले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई संयुक्त निवेदन पेश गरेका हुन् । उक्त कार्यक्रममा दुवै बैंकका सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

यसअघि ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू लिमिटेडबीच मर्जर प्रयोजनका लागि २०७९ असार २ गते प्रारम्भिक सहमतिमा तथा २०७९ कात्तिक २८ गते अन्तिम सहमतिमा हस्ताक्षर भएको थियो ।

मर्जरको निम्ति शेयर स्वाप अनुपात १ः१ कायम गर्ने दुवै बैंकका सञ्चालक समितिले अनुमोदन गरिसकेका छन् । उक्त अनुमोदनलाई दुवै बैंकले मंसिर २३ गते दुवै बैंकका साधारणसभाबाट समेत पारित गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्