Logo
Logo

कर्मचारी आन्दोलनका कारण साउदी, दिल्ली र बैङ्लोरको उडान प्रभावित


1.1k
Shares

काठमाडौं । ‘क्याबिन क्रु’को आन्दोलनका कारण साउदी अरेबियाको रियाद र भारतका दुई शहर बैङ्लोर र नयाँ दिल्लीका लागि निर्धारित उडानहरु प्रभावित बनेका छन् । यसबाट सयौं यात्रुको उडान प्रभावित बनेको छ ।

निगमका एक अधिकारीका अनुसार क्याबिन क्रु आन्दोलनमा रहेका कारण कम क्याबिन क्रु बोकेर विदेश उडेका जहाजहरु समेत ढिला गरी उड्नु पर्ने भएको छ । जसले गर्दा मलेसिया र दुबईबाट फर्कनु पर्ने जहाजहरुको आगमन समेत प्रभावित बनेको छ ।

लामो उडानमा सामान्यतया नयाँ सेट क्याबिन क्रु राखेर पठाउने गरिन्छ । तर, बुधबार भने दिल्ली र बैङ्लोर उडेका क्याबिन क्रुलाई नै मलेसिया र दुबई पठाइएको थियो । यस क्रममा उनीहरुको ड्यूटीआवर १० घण्टा पुरा भएको थियो । यसकारण नियम अनुसार ‘क्रु’लाई रेस्ट दिनु परेका कारण जहाज डिले हुन पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्