Logo
Logo

हुस्सुका कारण उडान सेवा अवरुद्ध, हुम्लाका यात्रुलाई टिकट पाउनै सास्ती


252
Shares

सुर्खेत । हुम्लाको माथिल्लो क्षेत्रका यात्रुलाई हवाईजहाजको टिकट पाउनै सास्ती हुन थालेको छ।

नेपालगन्जमा लाग्ने बाक्लो हुस्सुको कारण सिमकोटका लागि कम उडान हुनु, हुम्लाबाट नेपालगन्ज र सुर्खेत झर्ने यात्रु धेरै भएपछि टिकट पाउन समस्या भएको हो।

तीन दिन अगाडिदेखि नेपालगञ्ज झर्ने तयारी गरिरहेका रामबहादुर बोहराले टिकट नपाएर हैरान भएको बताए । श्रीमतीको स्वास्थ्य परीक्षणका लागि उनको दम्पत्ती नेपालगन्ज झर्न लागेको हो। उनले तीन दिनदेखि एयरलाइन्सका कार्यालयमा दैनिक धाए पनि टिकट पाउन नसकिएको उनको भनाइ छ।

उनीजस्ता यात्रु दुई सयभन्दा बढी छन् । समिट एयर सिमकोटका इन्चार्ज गोविन्द लामाले नेपालगञ्जमा तीन चार दिनदेखि बिहानैबाट दिउँसो १२ बजेसम्म हुस्सु लागेर कम उडान हुँदा यात्रुलाई टिकटको समस्या भएको हो।

बिहीबार नेपालगञ्जमा लागेको हुस्सुको कारण सिमकोटका लागि कुनै उडान हुन सकेको थिएन। शुक्रबार पनि ढिलो गरेर तारा र समिटले एक/एक उडान भरेका थिए। हुम्लामा चिसो हुने हुँदा माथिल्लो हुम्लाका स्थानीय तराईमा जाडो छल्न जाने गर्छन्।

प्रतिक्रिया दिनुहोस्