Logo
Logo

परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन जरुरी छ : प्रदीप पौडेल


1.3k
Shares

काठमाडौं । नेपाली काँग्रेसका नेता एवं काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित प्रदीप पौडेलले देशमा उत्पादनमूलक उद्योगहरू खोल्न जरुरी रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन जरुरी रहेको बताएका हुन् ।

उनले आयातमुखी अर्थतन्त्रलाई अन्त्य गरेर निर्यातमुखी अर्थतन्त्र विकास गर्न जरुरी रहेको स्पष्ट पारे । नेता पौडेलले भने, ‘उत्पादनमूलक उद्योगहरू खोल्न जरुरी छ । परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन जरुरी छ । आयातमुखी अर्थतन्त्रलाई अन्त्य गरेर निर्यातमुखी अर्थतन्त्र विकास गर्न जरुरी छ । त्यसो भए रोजगारीको अवसर सिर्जना हुनसक्छ ।’

नेता पौडेलले अबको ५ वर्षमा राजनीतिक बेथितिको अन्त्य गर्ने, स्थानीय समस्या समाधान गर्ने र निर्वाचनमा जनतासँग गरेका वाचा पूरा गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्