Logo
Logo

कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक


1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक आइतबार दिउँसो ३ बजे सानेपास्थित पार्टी कार्यालयमा बस्ने एक नेताले जानकारी दिए ।

बैठकमा संसदीय दलको नेता चयन र नयाँ सरकारका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । कांग्रेसमा सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापालगायतले संसदीय दलको नेतामा दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्