रुपन्देही । रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरी बैंकबाट रकम झिकेको आरोपमा महोत्तरीको मटिहानी नगरपालिकास्थित लक्ष्मीनारायण मठका महन्त जगन्नाथ दास ‘वैष्णव’ प्रहरीले पक्राउ गरेको छ ।
मठमै पुगेर आइतबार बिहान महोत्तरी र रुपन्देहीका प्रहरीले महन्त दासलाई पक्राउ गरेको हो । महोत्तरीका एसपी कृष्ण पंगेनीका अनुसार महन्त दासले किर्ते हस्ताक्षर गरी ७० लाख रुपैयाँ झिकेको आरोप छ । सो आरोपमा दासलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि रुपन्देही पठाइसकेको एसपी पंगेनीले बताए ।
मठको कैयौँ बिघा जग्गा बेचेको उनीमाथि आरोप छ । यो विषयमा पनि हाल उनीमाथि मुद्दा चलिरहेको छ ।














