
काठमाडौं । कैलालीको अत्तरियामा सुनचाँदी व्यवसायीमाथि गोली प्रहार भएको छ ।
अत्तरियास्थित घोडोघाेडी सुन चाँदी पसलका सञ्चालक २८ वर्षीय विकास सुनुवारमाथि अज्ञात समूहले गोली प्रहार गरेको हो ।
प्रहरीका अनुसार सुनुवारमाथि अत्तरिया चोकबाट मोटरसाइकलमा घोडोघोडी नगरपालिका–१ घर जाने क्रममा गोली प्रहार भएको हो ।
दायाँ पाखुरामा गोली लागि घाइते भएका सुनुवारको अत्तरियास्थित पदमा अस्पतालमा उपचार भइरहेको छ ।














