Logo
Logo

सेन्ट्रल जोन भलिबल खेलाडीलाई बिदाइ


315
Shares

काठमाडौं । बंगलादेशको ढाकामा हुने बंगबन्धु एसियन यू–२३ सेन्ट्रल जोन अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताका लागि नेपाली भलिबल टोली आज त्यसतर्फ जाने भएको छ ।

पुस ७ देखि ११ सम्म ढाकामा हुने प्रतियोगितामा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी चार टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

त्यसका लागि आज धिरोजकुमार बस्नेत, रवि केसी, सन्तोष खत्री, अर्जुन नेपाली, रुपबहादुर गुराँव, विष्णु बस्नेत, सफल बिक, सन्तोष महता, मनीष मानन्धर, हेमन्त मल्ल, वेदप्रकाश जोशी, सम्राट भण्डारी, गौरव पाण्डे (लिबेरो) र भीमराज गुरुङ (लिबेरो) ढाका जाने भएका हुन् ।

टिमका मुख्य प्रशिक्षकमा जगदीश भट्ट र सहायक प्रशिक्षकमा भरत यादव छन् । व्यवस्थापकमा जितेन्द्र श्रेष्ठ छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले राष्ट्रिय झण्डा प्रदान गरेर बिदाइ गरे ।

प्रतिक्रिया दिनुहोस्