Logo
Logo

कांग्रेस संसदीय दलको उमेदवारी दर्ता भोलि बिहान, ६ गते निर्वाचन


1.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको निर्वाचनको तालिका सार्वजनिक गरेको छ । संसदीय दलको नेता तथा कार्यसमितिले सोमबार निर्वाचनको तालिका सार्वजनिक गरेको हो ।

सोमबार दिउँसो २ बजे मतदाता नामावली प्रकाशन गर्ने तालिका छ । साढे २ बजेदेखि ३ बजेसम्म मतदाता नामावलीमाथि दाबी विरोध गर्ने समय तोकिएको छ । मंगलबार बिहान ८ बजेदेखि १० बजेसम्म उम्मेदवारीको लागि दर्खास्त दिने समय तोकेको छ ।

त्यस्तै, बिहान साढे १० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन, ११ बजेदेखि साढे ११ बजेसम्म उम्मेदवारको दरखास्तमाथि दाबी विरोध गर्ने समय छ । दाबी विरोधमाथि जाँचबुझ गरी उम्मेदवारको दोस्रो नामावली प्रकाशन दिउँसो १२ बजे, अन्तिम नामावली दिउँसो ३ बजे सार्वजनिक गर्ने र भोलिपल्ट बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म मतदात हुने कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्