काठमाडौं । उच्चतम ब्याजदरमा निक्षेप तथा सुलभ दरमा कर्जा प्रवाहलगायत आफ्ना ग्राहकलाई रेमिटान्सलगायतका अन्य बैंकिङ सुविधा उपलब्ध गराउँदै आएको मन्जुश्री फाइनान्सले अब अनलाइन सेवामार्फत खाता खोल्ने सुविधा उपलब्ध गराएकोे हो ।

साथै ‘मञ्जुश्री प्रिमियम बचत खाता’ र १ वर्ष वा सोभन्दा बढी अवधिको ब्यक्तिगत मुद्दति निक्षेपमा दुर्घटना तथा स्वास्थ्य बीमासमेत समावेश गरिएको छ । फाइनान्सले स्मार्ट टेलरद्वारा भुक्तानीको सेवा, क्यूआरकोड भुक्तानीको सेवा, मोबाइल बैंकिङ, एटिम कार्ड, अन्य आधुनिक बैंकिङ सुविधा उपलव्ध गराउदै आएको छ ।
फाइनान्सले २०७९ मंसिरसम्म रु १२ अर्ब ४५ करोड निक्षेप संकलन तथा रु ११ अर्ब ७४ करोड कर्जा लगानी गरेको छ । नयाँबानेश्वर काठमाडौँमा केन्द्रीय कार्यालय रहेको मन्जुश्रीले न्यूरोड, चाहविल, गंगवु, कलंकी, कुमारीपाटी, नारायणगढ, पर्सावजार, भरतपुर, टाँडी, गैंडाकोट, बुटवल, मुर्गिया, योगीकुटी, मनिग्राम, भैरहवा, धनगढी, इटहरी, विराटचोक, झुम्का, इनरुवा, बिराटनगर, नेपालगञ्ज, धरान, पोखरा, बीरगञ्जलगायतका शाखाबाट कारोबार गरिरहेको छ ।












