काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कसको नेतृत्वमा सरकार भन्ने अन्यौल रहेको टिप्पणी गरेका छन् । पार्टीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई बधाई दिन मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

गठबन्धनले मात्र सरकार गठन गर्न नसक्ने अवस्था रहेको भन्दै ओलीले भने, ‘परिणाम के. भइरहेको छ भने सरकार गठनबारे बोल्नसक्ने अवस्था पनि कसैको छैन ।’
हिजो चार वटा रहेको राष्ट्रिय पार्टीको संख्या अहिले ७ पुगेको भन्दै उनले भने, ‘कस्तो सरकार बन्छ ? कसको नेतृत्वमा बन्छ ? कसैले भन्न सक्ने अवस्था छैन ।’
अध्यक्ष ओलीले अहिलेको गठबन्धन कुनै उद्देश्यमा होइन, स्वार्थ, लेनदेन र सेटिङमा रहेको बताए ।














