काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय सदस्य बद्री बजगाईंलाई पार्टीले निलम्बन गरेको छ । बजगाईंले अखिल क्रान्तिकारीकी एक महिला कार्यकर्तालाई अश्लील म्यासेज पठाएको आरोप लागेको छ ।

सर्कुलरमा भनिएको छ, ‘पार्टीका केन्द्रीय सदस्य बद्री बजगाईंको विषयमा पार्टीकै भातृ संगठन अनेरास्ववियू (क्रान्तिकारी) मा कार्यरत एकजना महिला कमरेडको निवेदन र सामाजिक सञ्जाल फेसबुकबाट पठाइएका अश्लील म्यासेजहरुको प्रतिलिपिसहित बागमती प्रदेश कार्यालयको सिफारिसका आधारमा निज बद्री प्रसाद बजगाईंलाई आजकै मितिबाट लागू हुने गरी केन्द्रीय समितिबाट निलम्बन गरिएको छ ।’
यसबारेमा सत्य तथ्य बुझी आवश्यक छानविन गरी लिखित प्रतिवेदन १० दिनभित्र पेश गर्ने पनि पार्टीले अनुशासन आयोगलाई निर्देशन दिएको छ ।














