Logo
Logo

रूपान्तरणको लागि गगन थापालाई अघि सार्‍यौं : शेखर


882
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले रूपान्तरणको लागि महामन्त्री गगनकुमार थापालाई संसदीय दलको नेतामा प्रस्ताव गरेको बताएका छन् ।

मंगलबार पार्टीका महामन्त्री थापाको संसदीय दलको नेताको प्रस्तावका रूपमा कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबार पुगेका उनले आगामी पार्टी सभापतिको सहमतिको विषयमा भने भविष्यका दिनलाई हेर्दै अघि बढ्ने बताए ।

उनले भने, ‘हामीहरूको बीचमा धेरै छलफल भयो । गगन थापाले भने जस्तै स्थायीत्व र निरन्तरताको लागि हामीले गगन थापालाई संसदीय दलको नेतामा अगाडि सारेका हौं । आगामी पार्टी सभापतिको सहमतिको विषयमा भोलिका दिनहरू हेर्दै जानुपर्छ । त्यो विषयमा गगनजीले बोलिसक्नुभएको छ ।’

नेपाली कांग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दर्ता गराएका छन् ।

देउवाको प्रस्तावकमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल छन् भने समर्थकमा पूर्णबहादुर खड्का छन् ।
महामन्त्री थापाको प्रस्तावकमा शेखर कोइराला छन्। समर्थनमा महमन्त्री विश्वप्रकाश शर्मा, नेता प्रदीप पौडेल र उपसभापति धनराज गुरूङ छन् ।

प्रतिक्रिया दिनुहोस्