Logo
Logo

संसदीय दलमा गगनलाई शेखर, विश्वप्रकाश, प्रदीप र चन्द्रको साथ


6k
Shares

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचनका लागि प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच प्रतिस्पर्धा हुनेभएको छ ।

महामन्त्री थापाको प्रस्तावकमा शेखर कोइराला छन् । समर्थनमा महमन्त्री विश्वप्रकाश शर्मा, नेता प्रदीप पौडेल र उपसभापति धनराज गुरूङ छन् । त्यतै, गगनको पक्षमा चन्द्र भण्डारी पनि छन् ।

देउवालाई कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि र शशांक कोइरालाले सभापति देउवालाई साथ दिने बताइसकेका छन् । साथै वरिष्ठ नेता रामचन्द्र पौडेल भने संसदीय दलको नेतामा देउवाको उम्मेदवारीको प्रस्तावक नै रहेका छन् ।

कांग्रेस संसदीय दलको नेताको निर्वाचन भोलि बुधबार बिहान ८ बजे कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्