Logo
Logo

हिमालयन बैंकले १९.११ प्रतिशत लाभांश वितरण गर्ने


441
Shares

काठमाडौं । हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकले हाल कायम चुक्ता पूँजीको आठ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ११.११ प्रतिशत नगद लाभांश गरी कुल १९.११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

पुस ५ गते मंगलबार बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्