काठमाडौं । सञ्चारमाध्यमले १९ वर्षपछि जेलमुक्त भएका सिरियल किलर फ्रान्सेली नागरिक चार्ल्स शोभराजको तस्बिर खिच्न पाएनन् । जेलबाट छुटेको तस्बिर मिडियालाई खिच्न नदिन प्रहरीसँग उनले यसअघि आग्रह गरेको बताइएको थियो ।

शोभराजको आग्रहअनुसार प्रहरीले उनलाई मिडियासम्म पुग्न नदिई विशेष योजना बनाएर अध्यागमन विभाग पुर्याएको छ । केन्द्रीय कारागारबाट ४ वटा गाडी निस्किएकोमा शोभराज कुनमा थिए भन्ने यकिन हुन नदिन प्रहरीले चलाखी गरेको थियो ।
उनलाई जतिसक्दो चाँडो फ्रान्स डिपोट गर्ने विभागको तयारी छ । बुधबार सर्वोच्च अदालतले उनलाई जेलमुक्त गरेर १५ दिनभित्र फ्रान्स पठाउन आदेश दिएको थियो ।














