Logo
Logo

कांग्रेसको सत्ता गुम्यो, शक्ति गुमेको छैन : शेखर कोइराला


2.6k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता (केन्द्रीय सदस्य) डा शेखर कोइरालाले सत्ता गुमे पनि कांग्रेसको शक्ति नगुमेको बताएका छन् ।

कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धन भत्किएर माओवादी केन्द्रको नेतृत्वमा नयाँ सरकार गठन भएपछि एक विज्ञप्ति जारी गर्दै कोइरालले पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकहरुलाई निराश नहुन आग्रह गरेका छन् । ‘सत्ता गुम्दैमा कांग्रेसको शक्ति गुमेको छैन । हामी थप सशक्त भएर कांग्रेस सशक्तिकरणको अभियानमा जुट्न दृढ संकल्प गर्छौं,’ कोइरालाले विज्ञप्तिमा भनेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सत्तारोहण अपेक्षित नभए पनि बहुमत जुटाएर प्रधानमन्त्री बनेको भन्दै कोइरालाले प्रचण्डलाई बधाई ज्ञापन गरेका छन् । संसद्‌को तेस्रो शक्ति भएपनि माओवादीले सरकारको नेतृत्व गर्ने अवस्था आउनुलाई कोइरालाले अराजनीतिक र अराजकताको पराकाष्ठाको रुपमा अर्थ्याएका छन् ।

‘संसद्‌बाट नयाँ सरकारको नेतृत्वमा प्रचण्डको सत्तारोहण अपेक्षित थिएन । संसदीय व्यवस्थामा यस्ता घटनाहरू असम्भव नभए पनि सामान्यतया अराजनीतिक र अराजकताको पराकाष्ठा मानिन्छ,’ कोइरालले विज्ञप्तिमा भनेका छन् ।

‘संविधानको रक्षा र समृद्धिको यात्रा गर्ने भनेर पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको निरन्तरता किन र कसरी असम्भव भयो भनेर गम्भीर प्रश्न उठेको कोइरालाको भनाइ छ ।

‘हामीले यसको चित्तबुझ्दो जवाफ कांग्रेस कार्यकर्ता, समर्थक, शुभेच्छुक लगायत सबै आम नेपालीमाझ दिनुपर्छ भन्ने मान्यता म राख्छु,’ कोइरालाले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्