Logo
Logo

माओवादीमा मन्त्री आकांक्षीको लर्को


12.8k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्री छान्न सकस पर्ने देखिएको छ ।

एमालेसँग सत्ता गठबन्धन गरेर साढे २ वर्षका लागि देशको बागडोर हाक्न पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई आफ्नै पार्टीभित्र आकांक्षी धेरै भएपछि मन्त्री छान्न गाह्रो पर्ने देखिएको हो ।

माओवादीमा प्रत्यक्ष निर्वाचित, केही समानुपातिक र राष्ट्रिय सभा सदस्य गरी कम्पतीमा कम्तीमा १२ सांसद मन्त्रीको आकांक्षी छन् ।

नेता वर्षमान पुन, रेखा शर्मा, हितराज पाण्डे, महेन्द्र शाही, अमनलाल मोदी, माधव सापकोटा, सूर्यमान दोङ, हरि चौधरी, सुदन किराती, शक्ति बस्नेत, महेन्द्र यादव र हितबहादुर तामाङ मन्त्री बन्ने लाइनमा छन् ।

प्रचण्डले गत सोमबार ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । अब उनले थप १७ मन्त्रीलाई नियुक्त गर्नसक्ने संवैधानिक व्यवस्था छ ।

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच जसपा सरकारमा सहभागी भएको खण्डमा २५ मन्त्रालयमध्ये एमालेले ९, माओवादीले ६ मन्त्रालय लिने सहमति भएको स्रोतले बतायो ।

त्यस्तै रास्वपा दुई, जसपा दुई, राप्रपा दुई, नागरिक उन्मुक्ति एक, जनमत एक र स्वतन्त्र समूहलाई एक मन्त्री दिने उनीहरूबीच सामान्य छलफल भएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्