Logo
Logo

अप्ठ्यारोमा परेका बेला दिइने साथ विशेष हुन्छ : गगन थापा


441
Shares

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले अप्ठ्यारोमा परेका बेला दिइने साथको विशेष महत्त्व रहने बताएका छन् । दसैँ, तिहार र छठ पर्वको अवसरमा शुक्रवार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले सिधा हिँडिरहेको वा सजिलो समयमा साथ दिनेहरू धेरै हुने तर, लडेको वा ढलेको बेला दिइने साथको महत्त्व अझ बढी हुने बताएका हुन् । 

The current image has no alternative text. The file name is: gagan.jpg

थापाले आफ्नो राजनीतिक यात्राका क्रममा पटकपटक लडेको र ढलेको स्मरण गर्दै भने, “म एउटा राजनीतिक कार्यकर्ता हुँ । त्यसैले मेरो राजनीतिक यात्रामा धेरै पटक लडेको छु, धेरै पटक ढलेको छु ।”अप्ठ्यारो र कमजोर अवस्थामा निरन्तर साथ, शुभेच्छा, आशीर्वाद र स्नेह दिनेहरूप्रति उनले आभार व्यक्त गर्दै भने, “म कयौँ पटक कमजोर हुँदा, तल पर्दा र अप्ठ्यारोमा पर्दा तपाईँहरूले केही नसोचिकन निरन्तर साथ दिनुभयो । त्यसका लागि केवल बोलेर आभार प्रकट गरेर पुग्दैन ।”

आफूलाई अहिलेको स्थानमा पुर्‍याउन शुभेच्छुकहरूको ठूलो योगदान रहेको उल्लेख गर्दै थापाले भने, “तपाईँहरूले निरन्तर स्नेह र विश्वास गर्नुभएको छ । म आज जुन ठाउँमा छु, त्यसमा तपाईँहरूको धेरै ठूलो योगदान छ । यो कुरा म पटकपटक भन्छु र दोहोर्‍याउन पनि मन लाग्छ ।”

प्रतिक्रिया दिनुहोस्