Logo
Logo

प्रभु साहले गठन गरे आम जनता पार्टी


9.3k
Shares

काठमाडौं । गत मंसिर चार गतेको निर्वाचनअघि एमाले छाडेका नेता प्रभु साहले आफ्नै नेतृत्वमा पार्टी खेलेका छन् । रौतहट क्षेत्र नम्बर ३ बाट विजयी साहले बिहीबार काठमाडौंमा एक कार्यक्रम गरेर आम जनता पार्टी घोषणा गरेका हुन् ।

उनले आज (बिहीबार) काठमाडौं कोटेश्वरको एक होटलमा भएको भेलाले प्रभु साहको नेतृत्वमा ५१ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरेको हो । बैठकले प्रदेशका अध्यक्ष र इन्चार्ज पनि तोकेको छ ।

उनको पार्टीमा रौतहट क्षेत्र नम्बर २ बाट विजयी स्वतन्त्र उम्मेदवार किरण साह पनि जोडिएका छन् । स्वतन्त्र उम्मेदवार जिताऊँ अभियानलाई आम जनता पार्टीमा रुपान्तरण गरिएको जानकारी पनि अध्यक्ष साहले जानकारी दिएका छन् ।

मंसिर ४ को चुनावअघि नेकपा एमालेले दिएको टिकट अस्वीकार गरेर स्वतन्त्र उम्मेदवारी दिएका उनलाई रौतहट ३ मा कांग्रेस र माओवादीले पनि साथ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्