कैलाली । नेकपा एमाले सुदूरपश्चिम प्रदेशको संसदीय दलको नेतामा राजेन्द्र रावल चयन भएका छन् । शनिबार बसेको बैठकले राजेन्द्र रावललाई सर्वसम्मत दलको नेता चयन गरेको हो । त्यस्तै उपनेतामा सन्तोष शर्मा थापा चयन भएका छन् ।

सुदूरपश्चिमका १० जना प्रदेशसभा सदस्यको उपस्थितिमा दलको नेता र उपनेता चयन गरिएको हो । एमाले केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्टको प्रमुख आथित्यतामा दलको बैठक बसेको थियो ।











