पोखरा । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश संसदीय दलको नेता हरिबहादुर चुमान चयन भएका छन् । आइतबार बसेको प्रदेश कमिटीको बैठकले चुमानलाई संसदीय दलको नेतामा चयन गरेको हो ।

यसअघि पनि उनी संसदीय दलको नेता थिए । एमाले–माओवादी मिलेर बनेको नेकपाका तर्फबाट पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री थिए । उनलाई प्रदेशको मुख्यमन्त्रीको दावेदारको रुपमा पनि हेरिएको छ ।











