
काठमाडौं । प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङले नयाँ प्रदेश सरकारका लागि दावी पेस गर्न दलहरुलाई आह्वान गरेका छन् ।
मंसिर ४ गते सम्पन्न आम निर्वाचनम कुनै पनि दलले बहमुत पुर्याउन नसकेपछि प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपाधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरुलाई मुख्यमन्त्रीको लागि दावी पेस गर्न आह्वान गरेका हुन् । प्रदेश प्रमुख खापुङले एकसाता भित्र आगामी आइतबारसम्म दावी पेस गर्न दलहरुलाई आह्वान गरेका छन् ।
संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेश १ मा कुनै पनि दललाई बहुमत प्राप्त हुन नसकेकाले उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलले बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ।
संविधानको धारा १६८ को उपधारा ४ मा उपधारा २ वा ३ बमोजिम नियुक्त मुख्यमन्त्रीले नियुक्त भएको मितिले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने व्यवस्था छ।
प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको १६ दिन पछि प्रदेश प्रमुखले सरकार गठनका लागि आब्हान गरेका हुन। प्रदेश १ मा सबे भन्दा ठुलो दल नेकपा एमालेको ४० सिट रहेको छ । कांग्रेस २९ माओवादी केन्द्र १३, एकीकृत समाजवादी पार्टीको ४, जनता समाजवादी पार्टीको १ र राप्रपाको ६ सिट छ।
सरकार निर्माणको लागि ४७ सिट संख्या आवश्यक पर्छ । केन्द्रमा फेरिएको समीकरण अनुसार एमाले र माओवादी मिलेमा सुविधासहितको सरकार गठन हुने अवस्था छ।
प्रदेश १ मा सरकारको नेतृत्वका लागि नेकपा एमालेका स्थायी कमिटी सदस्य हिक्मत कार्की र नेकपा माओवादी केन्द्रका नेता इन्द्र आङ्बोले दावी गरेका छन्। यी दुवै नेता सम्बन्धित दलका नेतामा चयन भइसकेका छन्।












