Logo
Logo

लुम्बिनीको मुख्यमन्त्रीमा एमालेको दाबी रहन्छ : शंकर


693
Shares

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेको दाबी रहने बताएका छन् । लुम्बिनी प्रदेशमा नवनिर्वाचित सांसदहरूको शपथग्रहण समारोहमा सहभागी भएका संस्थापक मुख्यमन्त्रीसमेत रहेका पोखरेलले लुम्बिनीमा एमाले ठूलो पार्टी भएकाले अन्य दलहरूले एमालेलाई नै नेतृत्व सुम्पिनेमा विश्वस्त रहेकोसमेत बताए ।

‘स्वाभाविक रुपमा अन्य दलहरूले जहाँ जसको स्टेट त्यहाँ त्यसलाई नेतृत्वको जिम्मा सुम्पनु हुन्छ भन्ने म ठान्छु यद्यपि हामी छलफल गर्न बाँकी छ’, उनले सञ्चारकर्मीहरूसँग भने, ‘छलफलपछि एउटा निष्कर्ष निक्लेला तर पनि राजनीतिक दलहरूको स्टेटका आधारमै नेतृत्वको प्रश्न निरुपण होला भन्ने म ठान्छु ।’ केन्द्रमा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी सहितको गठबन्धन बनेको छ । तर प्रदेशमा कसले नेतृत्व गर्ने भन्ने अझै टुङ्गिएको छैन ।

प्रतिक्रिया दिनुहोस्