Logo
Logo

बागमतीमा सभामुख र उपसभामुख निर्वाचनको मिति तय


1.2k
Shares

काठमाडौं । बागमती प्रदेशमा सभामुख र उपसभामुखको निर्वाचन पुस २८ र २९ गते हुने हुने भएको छ । आज बसेको सर्वदलीय बैठकले प्रदेशको सभामुखका लागि २८ र उपसभामुख पदका लागि पुस २९ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।

आजै दिउँसो १ बजे प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठक बस्दैछ । उक्त बैठकमा सभामुख र उपसभामुखको निर्वाचनको प्रस्ताव पेश गरेर अन्तिम रुप दिइने प्रदेशसभा सचिवालय हेटौडाका प्रवक्ता मनोज कुमार गुप्ताले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्