Logo
Logo

खेलाडीले खेल्न नमानेपछि टी-२० लिग अन्योल


882
Shares

काठमाडौं । नेपाल टी–२० लिगमा आज हुने भनिएको विराटनगर सुपर किंग्स र काठमाडौं नाइट्सको खेल अन्योलमा परेको छ । खेलाडीहरूले आफूले पाउनुपर्ने पारिश्रमिक नपाएको भन्दै खेल्न नमानेपछि खेल अन्योलमा परेको हो ।

आज विराटनगर र काठमाडौंबीचको खेल थियो । दुवै टिम मैदानमा पुगिसकेका छन् । तर, दुवै टिमले खेल्न मानेका छैनन् । जसका कारण टस नै हुन सकेको छैन ।

नेपाल क्रिकेट संघ (क्यान)ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई साझेदार बनाएर प्रतियोगिता गरेको हो । पटक–पटक मिति सारिएर मंसिर २८ देखि सुरु भएको नेपाल टी–२० लिगमा सोमबारसम्म ३४ मध्ये २० खेल सम्पन्न भइसकेका छन् ।

तर, पछिल्लो समय आयोजक सेभेन थ्री स्पोर्ट्स कम्पनीका साझेदार नै सम्पर्कमा नभएको जनाइएको छ । खेलाडी तथा अफिसियलले यसअघि नै सोमबारसम्म आफूले पाउनुपर्ने परिश्रमिक नपाए नखेल्ने बताएका थिए । केही विदेशी खेलाडीले यसअघि नै नेपाल छाडिसकेका छन् ।

नेपाल टी–२० लिगमा विराटनगर सुपर किंग्स, काठमाडौं नाइट्स, जनकपुर रोयल्स, लुम्बिनी अल स्टार्स, पोखरा एभेन्जर्स, र फार वेस्ट युनाइटेड गरी ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्