Logo
Logo

सरोज यादव एमाले मधेश संसदीय दलको नेता चयन


1.8k
Shares

जनकपुरधाम ‌। नेकपा एमाले मधेश प्रदेशको संसदीय दलको नेतामा सांसद सरोज कुमार यादव सर्वसम्मत चयन भएका छन्।

जनकपुरधाममा मंगलबार बसेको एमाले मधेश संसदीय दलको बैठकले सर्वसम्मत रुपमा यादवलाई दलको नेता चयन गरेको हो ।

उनी महोत्तरी क्षेत्र ४ (१) बाट निर्वाचित सांसद हुन् । गत मंसिर ४ को निर्वाचनमा एमालेले मधेश प्रदेशमा २३ सांसद जितेर ठूलो दल बनेको छ ।

प्रतिक्रिया दिनुहोस्