काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल टी–२० लिगमा लुम्बिनी अलस्टार्ससँग काठमाडौं नाइट्सले लज्जास्पद हार बेहोरेको छ । बुधबार भएको निर्धारित खेलमा १७ ओभरमा लुम्बिनीले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको काठमाडौं अलआउट हुँदै ८१ रनमा सीमित भयो ।

काठमाडौंका लागि वसिर अहमदले सर्वाधिक २२ रन जोडे । कप्तान ज्ञानेन्द्र मल्ल र लोकेश बम समान १५ रनमा आउट हुँदा कमलसिंह ऐरीले १६ रन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । लुम्बिनीका इशान पाण्डे कुशल भुर्तेल र ह्यारि टेक्टरले समान दुई विकेट लिए । किशोर महतो विपुल शर्मा, हर्मितसिंहले समान एक÷एक विकेट लिए ।
पहिला ब्याटिङ गरेको लुम्बिनीका लागि हर्मितसिंहले सर्वाधिक ७० रनको आक्रमक इनिङ खेले । उनले ३६ बलमा २ चौका र ८ छक्का प्रहार गरेका थिए । लाहिरु मिलन्थाले २६ रन जोड्दा गुलसन झाले २१ रन योगदान गरे । कुशल भुर्तेल १५ र ह्यारि टेक्टर १७ रन बनाउँदा अनिल शाह १६ रनमा अविजित रहे ।
काठमाडौंका अविनाश बोेहराले ४ ओभरमा ३२ रन खर्चिदै तीन विकेट लिए । वसिर अहमद २ विकेट र अनिल खरेलले एक विकेट लिए । ९ खेलबाट ८ जित र एक हारको नतिजा निकालेको लुम्बिनी १६ अंकसहित शीर्ष स्थानमा रहेको छ । काठमाडौंको ८ खेलमा समान ४ जित र ४ हारसहित ८ अंक जोडेर तेस्रो स्थानमा छ ।












