काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको कोष प्रवद्र्धक तथा एनआईबिएल एस क्यापिटलको म्युचुअल फण्ड योजनाअन्तर्गत ‘एनआईबिएल ग्रोथ फण्ड’का लागि आजसम्म आवेदन दिने सकिने छ ।
एनआइबिएल एस क्यापिटल लि. योजना ब्यवस्थापक तथा डिपोजिटरी रहेको ‘एनआईबिएल म्युचुअल फण्ड’अन्तर्गत पाँचौ योजना ‘एनआईबिएल ग्रोथ फण्ड’ यही गएको पुस ७ गते निष्काशन गरेको थियो ।

हालसम्मकै सबैभन्दा ठूलो म्युचुअल फण्ड योजनाको सार्वजनिक निष्काशनसमेत रहेको ‘एनआईबिएल ग्रोथ फण्ड’मा आजसम्म आवेदन दिन सकिने एनआईबिएलले जनाएको हो । सार्वजनिक निष्काशनको १४औँ दिनसम्ममा यस योजनामा कुल १६ करोड इकाईमध्ये करिब ४१ हजारभन्दा बढी आवदेकबाट करिब १२.३ करोडभन्दा बढी इकाईका लागि आवदेन प्राप्त भइसकेको बैंकले जनाएको छ ।
वर्तमान तरलताको अवस्था तथा समग्र आर्थिक गतिविधिमा आएको सुस्तताका वावजदु यस योजनामा आम लगानीकर्ताले उत्साहका साथ लगानी गरिरहेका छन् । निष्काशनको अन्तिम दिनमा समेत यस योजनामा अन्य दिनहरुमा जस्तै, लगानीकर्ताबाट उल्लेख्य आवेदन प्राप्त हनु विश्वास योजना ब्यवस्थापकले गरेको छ ।
यस ‘एनआईबिएल ग्रोथ फण्ड’को आकार १ अर्ब ६० करोड र समयावधि १० वर्षको रहेको छ । योजनाको अवधिभर यस योजनाले बार्षिक प्रतिफलको रुपमा २०.२५ प्रतिशत प्रतिफल आफ्ना इकाई धनीहरुलाई दिन सक्ने बैंकले प्रक्षेपण गरेको छ ।
न्यूनतम १ हजार रुपैयाँदेखि अधिकतम १६ करोडसम्म लगानी गर्न सकिने यस योजनामा लगानीकर्ताले आफ्नो सी–आश्वा खाता रहेको बैंकबाट वा मेरो शेयरमा लगईन गरी अनलाईनबाट पनि आवेदन दिन सकिन्छ ।
‘एनआईबिएल ग्रोथ फण्ड’का इकाईहरु नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भइ योजनाको समयावधिसम्म इकाईहरु दोश्रो बजारमा खरिद तथा बिक्री गर्न सकिने छ ।












