Logo
Logo

काठमाडौं नाइट्सले विराटनगरलाई दियो १५५ रनको लक्ष्य


630
Shares

काठमाडौं । जारी नेपाल टी–२० लिगअन्तर्गत अन्तिम खेल खेलिरहेको काठमाडौं नाइट्सले विराटनगर सुपर किङ्सलाई १५५ रनको लक्ष्य दिएको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ थालेको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रनको योगफल तयार पारेको छ ।

काठमाडौंका लागि ओपनर सन्तोष कार्की र एलेक्स ब्लेकले समान ३४ रन योगदान गरे भने सन्दीप रजाली ३० रनमा आउट हुँदा कप्तान ज्ञानेन्द्र मल्ल २२ रन र वसिर अहमद १७ रनमा अविजित भए ।

विराटनगरका राज ननन्ले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा १ मेडन राख्दै १३ रन खर्चिएर सर्वाधिक ४ विकेट लिए । नन्दन यादव र कप्तान रोहित पौडेलले समान एक विकेट लिए ।

विराटनगर र काठमाडौंको नौ खेलमा समान ४ जित र ५ हारको नतिजासहित आठ अंक रहेको छ । काठमाडौं नेट रन रेटका आधारमा तेस्रो स्थानमा र विराटनगर चौथो स्थानमा छ । जारी खेलको विजेताले प्लेअफमा स्थान पक्का गर्नेछ । र पराजित टिम आज हुने दोस्रो खेलको नतिजामा निर्भर हुनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्