Logo
Logo

काठमाडौंलाई पराजित गर्दै विराटनगर प्लेअफमा


504
Shares

काठमाडौं । जारी नेपाल टी–२० को लिग चरणअन्र्तगत अन्तिम खेलमा काठमाडौं नाइट्सलाई ७ विकेटले पराजित गर्दै विराटनगर सुपर किङ्स प्लेअफ प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा टस जितेर ब्याटिङ रोजेको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रनको लक्ष्य पेस गरेको थियो । विराटनगरले १८.४ ओभरमा तीन विकेट गुमाउँदै १६० रनसहित जित हात पारेको हो ।

विराटनगरको जितका लागि कप्तान रोहित पौडेलले ४२ बलमा ६६ रनको अर्धशतकीय पारी खेल्दै रन आउट भए । उनले ५ चौका र ३ छक्का प्रहार गरेका थिए ।

यस्तै, ओपनर अर्जुन साउद ७ बलमा २ चौकासहित १० रनमा क्याच आउट भए भने हुसेन तलात १२ बलमा २१ रन बनाउँदै अबिनास बोहोराको बलमा बोल्ड भए ।

त्यस्तै ओपनर गौरान्सु शर्माले ५१ रनको अर्धशतकीय पारीसहित अविजित रहे । पाँचौं ब्याटर विवेककुमार यादव २ बलमा १ चौका र १ छक्कासहित १० रनमा अविजित रहे । काठमाडौंका लागि अबिनास बोहोराले २ विकेट लिए ।

त्यसअघि, ब्याटिङ गरेको काठमाडौंका लागि ओपनर सन्तोष कार्की र एलेक्स ब्लेकले समान ३४/३४ रन बनाएका थिए ।
सन्दीप रजालीले २४ बलमा २ चौका र १ छक्कासहित ३० रन बनाए । ज्ञानेन्द्र मल्लले १३ बलमा २ चौका र एक छक्का प्रहार गर्दै २२ रनमा अविजित रहे । त्यस्तै वसिर अहमदले ८ बलमा एक चौका र एक छक्काको मद्धतमा १७ रनमा अविजित रहे ।

विराटनगरका लागि राज ननन्ले उत्कृष्ट प्रदर्शन गरे । उनले ४ ओभर बलिङ गर्दै १३ रन खर्चेर ४ विकेट लिए । नन्दन यादव र कप्तान रोहित पौडेलले समान एक÷एक विकेट लिए । यो जितसँगै विराटनगर प्लेअफ पुग्ने तेस्रो टिम बनेको छ ।

प्रतिक्रिया दिनुहोस्