Logo
Logo

प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिनेबारे निर्णय गर्दै लोसपा


2.6k
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने कि नदिने आज निर्णय गर्ने भएको छ । त्यससम्बन्धी छलफल गर्न लोसपाले आज संसदीय दलको बैठक बोलाएको छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बस्ने संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णय गर्ने लोसपाका कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ शुक्लाले बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले यही २६ पुसमा संसदमा विश्वासको मत लिने भएका छन् । त्यसअघि नै पार्टीभित्र प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने वा नदिने भन्नेबारे निर्णय गर्ने उनको भनाइ छ । नेता शुक्लाले भने, ‘देशको राजनीतिक परिस्थति क्षण क्षणमा परिवर्तन भइरहेको छ, यस अवस्थामा लोसपाले सावधानिपूर्वक निर्णय लिन्छ ।’

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने भएको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विपक्षमा मत तान्न सक्रिय भएका छन् । त्यसका लागि उनले लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग पनि छलफल गर्दै आएका छन् । तर, सरकारलाई मत दिने कि नदिने बारेमा लोसपा खुलिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्