Logo
Logo

प्रदेश १ मा एमाले नेतृत्वको सरकार बनाउने सहमति


1.7k
Shares

काठमाडौं । प्रदेश १ मा नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने भएको छ । एमालेको नेतृत्वमा सरकार गठन गर्न शिर्ष नेताबीच सहमति भएको स्रोतले जानकारी दियो ।

शिर्ष नेतृत्वमा सहमति भएसँगै एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले आज प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्दैछन् । प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि दिएको ७ दिनको समयसीमा आज साँझ ५ बजे सकिँदैछ ।

७ दिनको समयसीमाको अन्तिम दिन एमाले दलका नेता कार्कीले दाबी पेश गर्न लागेका हुन् । प्रदेश सभामा कुनैपनि दलको एकल बहुमत छैन ।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसिभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने ब्यवस्था छ ।

सो व्यवस्थाअनुसार कार्कीले एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका एक सांसद गरी ६० जनाको समर्थन लिएर मुख्यमन्त्रीमा दावी पेश गर्न लागेका हुन् । ९३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४७ सांसदको समर्थन आवस्यक पर्छ ।

प्रतिक्रिया दिनुहोस्