Logo
Logo

गठबन्धनबीच आजै प्याकेजमा भागबन्डा टुंग्याउने तयारी


3.8k
Shares

काठमाडौं । सत्ता गठबन्धनका दलहरुबीच सातै प्रदेशमा भागबन्डा टुंग्याउने तयारीमा छन् । भागबन्डा टुंग्याउन अहिले सात दलीय सत्ता गठबन्धनको बैठक बस्दैछ ।

नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बस्ने बैठकमा पुस २६ गते माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री एवं पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा लिने विश्वासको मत र प्रदेश सरकार गठनबारे छलफल हुने बताइएको छ ।

प्रदेश १ मा मुख्यमन्त्री एमालेले पाउने पक्का भइसकेको छ । प्रदेश १ मा सरकार गठन गर्न आज अन्तिम दिन मुख्यमन्त्रीमा माओवादी र एमालेबीच सहमति भएको हो । यसअघि प्रदेश १ मा एमाले र माओवादी केन्द्र दुवैले दाबी गर्दै आएका थिए ।
यस्तै, बागमती र गण्डकी प्रदेश सरकारको नेतृत्वमा दाबी प्रस्तुत गर्ने म्याद भोलि २५ गतेसम्म रहेको छ । बागमतीमा एमाले, माओवादी र राप्रपाले मुख्यमन्त्रीमा दाबी गरेका छन् ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा २७ गतेभित्र तथा मधेशमा २८ गते मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्ने म्याद छ । त्यसैले आफूले विश्वासको मत लिनुअघि नै प्रदेश सरकारको नेतृत्वबारे सहमति जुटाउन प्रधानमन्त्री प्रचण्ड लागेका छन् । त्यसैले सकेसम्म आजै सातवटै प्रदेशमा प्याकेजमा सहमति खोज्ने प्रयास गरिने माओवादीका एक नेताले बताए । उनले भने, ‘आजको बैठकमा प्याकेजमा सहमति गर्ने प्रयास गरिने छ ।’

प्रतिक्रिया दिनुहोस्