Logo
Logo

बाबुराम भट्टराईको राजनीतिक प्रतिवेदनमा के छ ? (पूर्णपाठ)


441
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले विचार र मुद्दा मिल्ने पार्टीबीच एकीकरण हुनुपर्ने बताएका छन् । देशमा समाजवादी ध्रुवीकरणको प्रयत्न गर्नुपर्ने आवश्यक रहेको भन्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका डा भट्टराईले यस्तो बताएका हुन् ।

फाइल फोटो

आइतबार बसेको पार्टीको राजनीतिक समिति बैठकमा राजनीतिक प्रतिवदन पेश गर्दै डा भट्टराईले देशमा राजनीतिक स्थायित्व, शान्ति, समृद्धिका लागि समुन्नत समाजवादमा आधारित एउटा सशक्त समाजवादी केन्द्रको आवश्यकता रहेको उल्लेख गरेका छन् ।

देशको राजनीतिमा दक्षिणपन्थी, यथास्थितिवादी शक्तिहरुको बोलवाला बढ्दै गएको भन्दै उनले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन्, ‘समाजवादी पार्टी निर्माणका लागि थुप्रै चुनौतिहरु छन् । हामी एक्लैले ती चुनौतिहरु समाना गर्न सम्भव हुँदैन । त्यसका लागि हामी मुद्दा मिल्ने पक्ष, समूह, व्यक्ति र व्यक्तित्वहरुसँग सहकार्य गर्दै जानुपर्छ भने विचार र मुद्दा मिल्नेहरुसँग पार्टी एकीकरण गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्