Logo
Logo

प्रदेश १ : मुख्यमन्त्रीमा एमालेका हिक्मतले गरे दाबी पेश


1.3k
Shares

काठमाडौं । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दाबी पेश गरेका छन् । 

कार्कीले संविधानको धारा १६८ को उपधारा २ बमोजिम एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका १ गरी ६० सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेस गरेका हुन् ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । एमालेको ४०, नेकपा माओवादी केन्द्र १३, राप्रपा ६ र जसपाको १ गरी सत्तारुढ दलसँग ६० जना सांसद छन् । प्रतिपक्षमा रहेको नेपाली कांग्रेसको २९ र नेकपा एकीकृत समाजवादीको ४ सिट छ । कार्कीले सोमबार मुख्यमन्त्रीमा शपथ लिने एक नेताले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्