काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने सम्बन्धमा निर्णय गर्ने अधिकार पाएका छन् ।

लोसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले विश्वासको मतबारे निर्णय गर्ने जिम्मा अध्यक्ष ठाकुरलाई दिएको एक नेताले जानकारी दिए । प्रधानमन्त्रीले २६ पुसमा विश्वासको मत लिँदै छन् ।
बैठकले मधेश प्रदेशको संसदीय दलको संशोधित विधान अनुमोदन गरेको छ । बैठकले संगठन विस्तारको कामलाई यथाशीघ्र अगाडि बढाउने निर्णयसमेत गरेको छ ।












