काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिन अन्य दलहरूसंग आग्रह गर्ने निर्णय गरेको छ । आइतबार सिंहदरबारमा बसेको रास्वपाको संसदीय दलको बैठकले वर्तमान सत्ता गठबन्धनलाई बलियो बनाएर अघि बढाउने र वर्तमान सरकारलाई विश्वासको मत दिन अन्य दलहरूसंग आग्रह गर्ने निर्णय गरिएको सांसद सन्तोष परियारले जानकारी दिए ।

बैठकमा महामन्त्री मुकुल ढकालले सरकारको न्युनतम साझा कार्यक्रमका बारेमा जानकारी गराएका थिए भने साझा कार्यक्रममा समावेश रास्वपाका मुद्दाहरूलाई कसरी कार्यान्वयन गराउने भन्ने बारेमा पनि छलफल भएको परियारले जानकारी दिए ।
त्यस्तै बैठकमा पार्टी सभापति रवि लामिछानेले अन्य दलहरूसंग भएका छलफलका बारेमा पनि जानकारी गराएको परियारले बताए । उनले सोमबार पुनः पार्टीको संसदीय दलको बैठक बस्ने र बिभिन्न विषयमा थप छलफल हुने जानकारी दिए ।












