Logo
Logo
दृष्टिका १० हेडलाइन्स्

राहदानी वितरण समस्याको समाधानदेखि पेट्रोलको मूल्य घटेकोसम्म


630
Shares

१. विद्युतीय राहदानी जारी गर्ने कार्यअन्तर्गत प्रमाणीकरण प्रक्रियामा देखिएको प्राविधिक समस्या हल, प्राविधिक व्यवस्थापनको जिम्मा लिएको आइडिमिया कम्पनीले पठाएको प्राविधिकद्वारा प्रमाणीकरण प्रक्रियामा देखिएको समस्या हल गरेपछि सेवा सुचारु, सूचना जारी गर्दै विद्युतीय राहदानी वितरणमा देखिएको समस्या समाधान भएको राहदानी विभागद्वारा जानकारी ।


२. भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूतिका लागि सरकार गम्भीर भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइ, यस विषयमा सरकारको प्रभावकारी भूमिका हुनुका साथै रााष्ट्रिय संस्कृति र जागरण जरूरी रहेको अभिव्यक्ति, सरकारले सुशासन र समृद्धि हासिल गर्नेमा आत्मविश्वास र प्रतिबद्धतासहित काम गर्ने ।


३, नेपाल आयल निगमले इन्धनको मूल्य घटायो, आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा ३ रुपैयाँ घटायो, अब पेट्रोल लिटरको १७५ तथा डिजेल र मट्टितेल लिटरको १७२ रुपैयाँ पर्ने, हवाई इन्धनको मूल्य पनि घट्यो, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १७० र बाह्यतर्फ प्रतिकिलोलिटर १ हजार ४२० डलर पर्ने ।


४, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्ने एमालेका अध्यक्ष केपी शर्मा ओलीको विश्वास, सरकारले विश्वासको मत प्राप्त गर्ने बताउँदै नेताकार्यकर्तालाई ढुक्क रहन आग्रह, साङ्केतिकरूपमा सरकारलाई विश्वासको मत नदिलाउन षड्यन्त्र भइरहेको टिप्पणी ।

फाइल फोटो


५, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौँबाट मात्रै प्रदान गर्दै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा मधेस प्रदेशको जनकपुरधाम कार्यालयबाट पनि प्रदान गर्न थाल्यो, अनलाइनमार्फत घरबाटै आवश्यक प्रक्रिया गर्न सक्ने हुँदा कार्यालय धाउनुपर्ने अवस्था अन्त्य भइसकेकाले अब जनकपुरबाटै सबै काम हुने भएपछि नागरिक थप लाभान्वित अपेक्षा ।


६. प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता, समर्थनसहित सरकारलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने विषयमा छलफल, दुवै अध्यक्षसँग सरकारलाई विश्वासको मत दिन प्रधानमन्त्री प्रचण्डको आग्रह ।

७, हिन्दूहरुको पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे सङ्क्रान्ति मेलालाई लक्षित गरी नारायणगढ–मुग्लिन सडकखण्ड दुई दिनको लागि खुला, पुस ३० गते र माघ १ गते दुई दिन दिउँसोको समयमा पनि खुला रहेन, दुई दिन दिउँसोको चार घण्टा सडक रोकेर गरिँदै आएको काम स्थगन गरिने ।


८. गत सातादेखि निरन्तर उकालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको पहिलो दिन पनि बढ्यो, आज नेप्से परिसूचक २० दशमलव ६८ अंकले बढेर दुई हजार एक सय ६४ दशमलव ६१ अंकमा कायम, दुई सय ५९ वटा कम्पनीको एक करोड ४१ लाख नौ सय ८८ कित्ता शेयर ७५ हजार चार सय ६५ पटक खरिद–बिक्री ।


९, राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी–ट्वान्टी क्रिकेट लिगमा लुम्बिनी अल स्टार जनकपुर रोयल्सलाई पराजित गर्दै फाइनलमा प्रवेश, लुम्बिनीले जनकपुरलाई छ रनले हरायो, एक सय ४४ रनको लक्ष्य पछ्याएको जनकपुरको पारी एक सय ३७ रनमा समेटियो ।


१०, चीनले कोभिड नियन्त्रणका लागि खोप र व्यक्तिगत स्वास्थ्य सुरक्षामा जोड दिने, सङ्क्रमणको नियन्त्रणका लागि कोरोना विरुद्धको खोपको बुस्टर मात्रा लागाउनुपर्नेमा जोड, बुस्टरकै दोस्रो मात्रा लागाउनुपर्ने, हरेक व्यक्तिले व्यक्तिगत सुरक्षा अपनाउनुपर्ने, बढी उमेरका नागरिकलाई यस कार्यका लागि बढी मात्रामा जोड ।

प्रतिक्रिया दिनुहोस्