पोखरा । गण्डकी प्रदेशमा नेकपा एमालेका नेता खगराज अधिकारीले ३३ सांसदको समर्थनसहित दाबी प्रस्तुत गरेका छन् । एमाले संसदीय दलका नेत अधिकारीले प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष दाबी पेश गरेका हुन् ।

केन्द्रीय सत्तारुढ दलमा आइतबार बेलुकामात्र भएको प्रदेशको भागबण्डामा गण्डकी प्रदेश पूरै कार्यकालका लागि एमालेलाई परेको थियो । अधिकारीको नियुक्ति र शपथ आजै हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
६० सदस्यीय प्रदेश सभामा नेकपा एमालेका २२, माओवादीका ८, राप्रपाका २ र नेकपा एकीकृत समाजवादीका एक सांसद रहेका छन् ।












