Logo
Logo

खगराज अधिकारी गण्डकीको मुख्यमन्त्री नियुक्त, शपथ आजै


189
Shares

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त भएका छन् ।

संविधानको धारा १६८ (२) बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । अधिकारीलाई आजै साझ पाँच बजे प्रदेश प्रमुखले आफ्नै निवासमा शपथ खुवाउनेछन् ।

अधिकारीसँगै आज नै एमालेबाट रोशन गाहा, नेकपा माओवादी केन्द्र बाट हरि चुमान र सुशिला सिंखडा तथा राप्रपाबाट पञ्चराम गुरुङ मन्त्री बन्दैछन् ।

प्रतिक्रिया दिनुहोस्