Logo
Logo

न्यूनतम साझा कार्यक्रम- विदेशमा बस्ने नेपालीको मताधिकार सुनिश्चित गर्ने


756
Shares

काठमाडौं । सत्तारूढ दलले विदेशमा बस्ने नेपालीको मताधिकार सुनिश्चित गर्ने घोषणा गरेको छ ।

सोमबार सरकार प्रवक्ता एवं अर्थमन्त्री विष्णु पौडेलले सरकारको न्यूनतम साझा कार्यक्रम घोषणा गर्दै विदेशमा बस्ने नेपालीको मताधिकार सुनिश्चित गर्ने बताएका हुन् ।

उनले भने, ‘विदेशमा बस्ने नेपालीहरूको मताधिकार सुनिश्चित गर्ने र विद्युतीय मतदान लगायतका विषयलाई समावेश गर्ने व्यवस्था सहितको एकीकृत निर्वाचन ऐन बनाइनेछ ।’

प्रतिक्रिया दिनुहोस्