Logo
Logo

विश्वासको मत माग्न देउवा निवास धुम्बाराही पुगे प्रधानमन्त्री


3.7k
Shares

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास धुम्बाराही पुगेका छन् ।

प्रतिनिधिसभामा विश्वासको मत लिने अघिल्लो दिन प्रचण्ड ठूलो दल कांग्रेसका सभापतिलाई भेट्न पुगेका हुन् । प्रधानमन्त्रीले देउवासँग आफूलाई विश्वासको मत दिन आग्रह गरेको बताइएको छ ।

कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिनेबारे निर्णय गरिसकेको छैन । त्यसका लागि मंगलबार विहान संसदीय दलको बैठक बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्