Logo
Logo
दृष्टिका १० हेडलाइन्स्

संसद् अधिवेशन प्रारम्भदेखि नेप्से उच्च अंकले बढेकोसम्म


189
Shares

१, जनताको सर्वाेच्च प्रतिनिधिमूलक सार्वभौमसत्ता सम्पन्न सङ्घीय संसद्को पहिलो अधिवेशन प्रारम्भ, प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने १२ मध्ये आधा–आधा अर्थात् छ÷छ राजनीतिक दल सत्तापक्ष र प्रतिपक्षको कुर्सीमा विभाजित, सदनमा दायाँतिर एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा र जनमत पार्टी, बायाँतर्फ कांग्रेस, एकीकृत समाजवादी, लोसपा, नाउपा, राजमो र नेमकिपा ।

२, वर्तमान सरकारले सम्पादन गर्ने कार्यक्रम समेटिएको ‘न्यूनतम साझा कार्यक्रम’ सार्वजनिक, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित कार्यक्रममा साझा कार्यक्रम सार्वजनिक, नीतिगत सुधारको लक्ष्यसहित २१ बुँदामा समेटियो सरकारको न्यूनतम कार्यक्रम, सुशासन, आर्थिक सुधार, शिक्षा, स्वास्थ्यलाई प्राथमिकता ।


३, सरकारले पुस २७ गते पृथ्वीजयन्तीका दिन सार्वजनिक बिदा दिने, पृथ्वीजयन्तीमा बिदा मन्त्रिपरिषद्‍को निर्णय, पृथ्वीजयन्तीका अवसरमा सार्वजनिक बिदा दिने राप्रपाको माग सम्बोधन, राप्रपाको उक्त प्रस्तावमा अन्य दलहरू पनि सहमत, सत्ता साझेदार दलहरुको न्यूनतम साझा कार्यक्रममा पनि २७ पुसमा सार्वजनिक विदा दिने उल्लेख ।


४, प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता, प्रतिनिधिसभामा विश्वासको मत लिने अघिल्लो दिन संसदको ठूलो दलका सभापतिलाई भेट्न प्रचण्ड धुम्बाराही पुगे, आफूलाई विश्वासको मत दिन प्रचण्डको आग्रह ।


५, राष्ट्रिय सहमतिका साथ सहमति र सहकार्यको बाटोबाट अघि बढ्नु पर्ने आजको आवश्यकता भएको एमाले अध्यक्ष ओलीको भनाइ, प्रचण्ड नेतृत्वको सरकार कसैले पनि ढाल्न नसक्ने दाबी, सरकार ढाल्ने हल्लाको पछि नलाग्न पनि आग्रह, सत्ताका धेरै खेलाडी रिङ बाहिर भएको टिप्पणी, वर्तमान सरकार प्रभावकारी रुपमा अघि बढ्ने जिकीर ।


६, प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विश्वस्त, सिङ्गै ‘हाउस’ विश्वासको मतमा उभिन्छ भन्ने आफू विश्वस्त भएको प्रधानमन्त्रीको भनाइ, देशका अगाडि विद्यमान समस्या समाधान गर्न सबै मिलेर जानुपर्छ भन्ने सबैको भावना भएको अभिव्यक्ति ।


७, राष्ट्रियसभाको रिक्त एक पदका लागि आगामी माघ २५ गते हुने उपनिर्वाचनको कार्यक्रम स्वीकृत, माघ ८ गते मतदाता नामावली प्रकाशन गरिने, दाबी विरोधलगायत प्रक्रिया पूरा गरी माघ १० गते अन्तिम नामावली प्रकाशन हुने, माघ ११ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गरी दाबी विरोध, छानविन, उम्मेदवारले नाम फिर्ता लिने, माघ १६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम ।


८, नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक उच्च अंकले बढ्यो, आज ४७ दशमलव १५ अंकले बढेर दुई हजार दुई सय ११ दशमलव ७६ बिन्दुमा कायम, दुई सय ५७ वटा कम्पनीका एक करोड ४६ लाख ७६ हजार दुई सय छ कित्ता शेयर पाँच अर्ब ३१ करोड ४३ लाख सात हजार आठ सय ५३ रुपैयाँमा कारोबार ।


९, विराटनगर सुपर किंग्स नेपाल टी–२० लिगको एलिमिनेटर खेलमा विजयी, काठमाडौं नाइट्स ९९ रनले पराजित, जितको लागि १ सय ८३ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौं १२.४ ओभरमा ८३ रनमा अल आउट, फाइनलमा पुग्न विराटनगरले मंगलबार दोस्रो क्वालिफायरमा जनकपुर रोयल्ससँग खेल्ने ।


१०, नाइजेरियाको दक्षिणी भागमा रहेको एक रेल स्टेसनमा बन्दुकधारी एक समूहले आक्रमण गरी करिब ३० जनालाई अपहरण, उक्त समूहले रेल स्टेसनमा गरेको आक्रमणमा प्रतिरोध गर्ने दर्जनौ अन्य व्यक्ति घाइते, नाइजेरियाली उत्तर–पश्चिमी र केन्द्रीय राज्यहरूमा फिरौतीको लागि अपहरण एक प्रमुख समस्या ।

प्रतिक्रिया दिनुहोस्