
काठमाडौं । हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठलाई मातृशोक परेको छ ।
उपाध्यक्ष श्रेष्ठका आमा दुर्गादेवी श्रेष्ठको ८६ वर्षको उमेरमा ललितपुरको बयोधा अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
मृतक श्रेष्ठ १७ दिनदेखि कम्मरको हड्डी फ्याक्चर भएर वयोधामा उपचारथ थिए । उपचारकै क्रममा आइतबार बिहान ६ बजे उनको मृत्यु भएको हो ।
केही दिन अघि ललितपुरको आफ्नै निवासमा लडेर कम्मरको हड्डी फ्याक्चर भएकोमा श्रेष्ठको सफल अप्रेसन भएको थियो । तर, आइतबार उनको डिस्चार्ज गर्ने तयारी गर्दैगर्दा कमस्मात मृत्यु हुनपुगेको जनाइएको छ ।
स्वर्गीय दुर्गादेवीको ५ छोरा र ३ छोरी छन् ।












