Logo
Logo

कर्णाली प्रदेश : सभामुखका लागि माघ १ गते निर्वाचन


504
Shares

सुर्खेत । कर्णाली प्रदेशसभाको सभामुख पदको निर्वाचन आगामी माघ १ गते हुने भएको छ ।

कर्णाली प्रदेशसभाको सोमबार बसेको बैठकमा ज्येष्ठ सदस्य विनोदकुमार शाहले सभामुखको निर्वाचन माघ १ गते बिहान ११ः०० बजेका लागि तोकेका हुन् ।

उनले कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम ७ को उपनियम १ बमोजिम निर्वाचनको मिति तथा समय तोकेका हुन् ।

निर्वाचनको मिति तोकेसँगै प्रदेशसभा सचिव जीवराज बुढाथोकीले यही पुस ३० गतेबाट सभामुखको निर्वाचन प्रक्रिया सुरुआत गर्ने र माघ १ गते बिहान ११ः०० सभाको बैठक प्रारम्भ, मतविभाजन र परिणाम घोषणा गर्ने गरी सूचना जारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्