
काठमाडौं । प्रतिनिधिसभाको बैठक निर्धारित समयभन्दा दुई घण्टा पछाडि सरेको छ ।
आज (मंगलबार) बिहान ११ बजेका लागि निर्धारित बैठक दुई घण्टा पछि दिउँसो १ बजेलाई सारिएको हो ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिंदैछन् ।
नेपाली कांग्रेसको बैठक जारी रहेपछि बैठक सारिएको अनुमान छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक लम्बिएकाले संसदीय दलको बैठकसमेत बस्न सकेको छैन ।
कांग्रेसले यो बैठकबाट प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्नेबारे निर्णय गर्ने छ ।
त्यस्तै एकीकृत समाजवादीको आजै बिहान बसेको सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डलाई सर्तसहित विश्वासको मत दिने निर्णय गरेको छ ।













