काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच संसद्मा जुहारी चलेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा विश्वासको मत मागेपछि जारी छलफलमा भाग लिँदै ओली र देउवाबीच जुहारी चलेको हो ।

देउवाले प्रतिनिधिसभा विघटन गर्न सकिने ओलीको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको बताएका थिए । अहिले संविधानको रक्षा नै चुनौती बनेको उनले बताए । जवाफमा ओलीले देउवालाई मौका अनुसार व्याख्या नगर्न आग्रह गरेका छन् ।
‘माननीय शेरबहादुर देउवाले ०५९ साल असारमा संसद् विघटन गरेर मध्यावधि गरेर आश्विन १८ र माघ १९ पुगेको होइन ?’ उनले भने, ‘मेरा मित्रलाई म सोध्न चाहन्छु, यहाँले होइन संसद विघटन गरेको ?’












